एनआरएनको उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी घोषणा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ८, बुधबार  
एनआरएनको उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा  सोनाम लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

विश्वभर रहेका गैरआवासीय नेपालीलाई एक सुत्रमा जोड्नु पर्ने बाधक र चुनौतीहरुलाई एउटा अवसरको रुपमा रुपान्तर गर्न संघमा आफुले उम्मेदवारी दिएको लामाले बताएका छन् ।

संसार भरी छरीएर रहेका गैर आवासीय नेपालीहरु र गैरआवासीय नेपाली संघ बिचको आपसी पारस्परिक र भाईचाराको सम्बन्धमा कमी कमजोरी हुने चुनौतीपुर्ण जटिल समस्याहरुको निराकरण गर्न आफु सदैव लागिपर्ने लामाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

फराकिलो दुरदर्शी सोचाई र उधार स्वभावका लामाले गैर आवासीय नेपाली संघको यो बृहत अभियानलाई राष्ट्रिय र अन्तरराष्ट्रिय ज्ञानसीपको भण्डारको साधन र स्रोत निर्माण गरी समृद्ध नेपाल र नेपालीको संकल्पलाई विस्तार गर्ने साझा मंच बनाउनु पर्नेमा उनको जोड रहेको छ ।

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक स्थल भएकोले धार्मिक पर्यटनको बिकास प्रबर्धनको लागी बुद्धमूर्तिको स्थापना गरेको लामाले बताएका छन् ।

संघका पूर्वअध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसिसीद्वारा पारित ‘भिजन २०२० एन्ड वियोन्ड’ अवधारणालाई चरणवद्ध रुपमा कार्यान्वयन गर्नमा आफु निरन्तर लागि पर्ने लामाले विश्वास व्यक्त गरेका छन् ।

भिजन २०२० एण्ड बियोण्डले संघको संस्थागत र नेतृत्व बिकासमा धेरै परिपक्कता ल्याउदै संघ प्रति महिला तथा नया पुस्तालाई आकर्षण गर्ने आफ्नो एजेन्डा रहेको बताए । व्यक्ति भन्दा ठुलो संस्था भएकोले संस्थाको लागी सबैको एकता, समान बिचार र धारणाले मात्र संस्थाको अस्तित्व रहने उनको भनाइ छ ।

अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा नयाँ  नेतृत्वको लागि निर्वाचन हुनेछ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर