सगरमाथामा हुने गल्फ प्रतियोगिताले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्छ : जोशी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ७, मङ्गलबार  
सगरमाथामा हुने गल्फ प्रतियोगिताले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्छ : जोशी

काठमाडौँ । सगरमाथामा हुने गल्फ प्रतियोगिताले भ्रमण वर्ष सफल बनाउन सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् ।

बाह्रखरी मिडियाले अक्टुवर २० मा गर्न लागेको गल्फ प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । भ्रमण वर्ष २०२०को पूर्व सन्ध्याले मिडियाले  आयोजना गर्न लागेको उक्त प्रतियोगिताले नेपालमा मात्र नभएर पर्यटन प्रवद्धनको लागि सहज हुने बताएका छन् ।

पर्यटन विकास तथा प्रवर्दनको लागि तयार भएका थुप्रै योजना मध्ये गल्फ प्रतियोगिता मुख्य रहेको जोशीको भनाइ छ । प्रतियोगितामा ४२ सय ५० मिटर माथि गर्ने भएको छ । प्रतियोगितामा ४० बढी कर्पोरेट गल्फरले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा ४० भन्दा बढी कर्पोरेट गल्फरले सहभागिता जनाउने भएका छन् । जसमा विदेशी र नेपाली दुवै सहभागी हुन पाउनेछन् । उक्त प्रतियोगिता भ्रमण वर्षलाई सफल बनाउनको लागि आयोजना गर्न लागिएको  हो । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार