७७ जिल्लाको जुनसुकै ठाउँबाट चुनाव लडेपनि कुलमानको जित सुनिश्चित छ 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
 ७७ जिल्लाको जुनसुकै ठाउँबाट चुनाव लडेपनि कुलमानको जित सुनिश्चित छ 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको लागि वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठले माग गरेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत कुलमानलाई पुनः नियुक्तिको लागि आवाज उठाउँदै आएका श्रेष्ठले  कुलमानलाई पुनर्नियुक्ति गरे सरकारलाई नै लाभ हुने बताएका छन् ।

उनले हिमाल देखि तराई, मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि कुलमानले जित्ने निश्चित रहेको श्रेष्ठले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिङ्गो मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली, हिमालदेखि तराईका सतहत्तरै जिल्लाका साँढे ३ करोड जनताका आत्मादेखि रुचाइएको श्री कूलमान घिसिङ नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चीत देखिन्छ।  आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन। लौ है, आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो । ”
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार