रोयल गार्डसहित बहराइनका राजकुमार हिमाल आरोहणको क्रममा नेपाल आइपुगे

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
 रोयल गार्डसहित बहराइनका राजकुमार हिमाल आरोहणको क्रममा नेपाल आइपुगे

काठमाडौँ । रोयल गार्डसहित बहराइनका राजकुमार हिमाल चढ्न काठमाडौँ आइपुगेका छन् । नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा   बिहान करिव ११ बजे   त्रिभुवन विमानस्थल अवतरण गरेका हुन् । 

उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । उनीहरुलाई 
बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् ।

जहाज बहराइनबाट राती १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।त्यसक्रममा  लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।

टोलीलाई बहराइनबाट बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले बिदाई तथा शुभकामना दिएका थिए ।


 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार