बढी मूूल्यमा प्याज बिक्री गर्ने एक व्यक्ति पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
बढी मूूल्यमा प्याज बिक्री गर्ने एक व्यक्ति पक्राउ

काठमाडौँ । बढी मूल्यमा प्याज बिक्री गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।  बुधबार बल्खु बजारबाट काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यवसायी सुनिल केसीलाई पक्राउ गरेको हो । 

टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ ।उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ ।

अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्याज विक्री गरेको पाइएको  थियो । 
  

 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार