कांग्रेस महामन्त्री कोइराला आईसीयूमा भर्ना

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
 कांग्रेस महामन्त्री कोइराला आईसीयूमा भर्ना

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोभिड–१९ को लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएको छ।

हिजो बेलुका एक्कासी ज्वरो आएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए।

‘हिजो राती एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो, अहिले ज्वरो छैन,’ तिवारीले भने।
उनका अनुसार अब चार–पाँच दिन अस्पतालमै राखेर उपचार जारी राखिनेछ।

अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ।भदौ २३ गते कोरोना संक्रमणको पुष्टी भएदेखि नै महामन्त्री कोइराला होम आइसोलेसनमा रहँदै आएका थिए।
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार