एसिड पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
एसिड पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ । एसिड आक्रमणमा परी घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 
सरकारले उपचार गराउने र जीवनभर उनीहरूले लिन सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा समेत सरकारले उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको उनले उल्लेख गरे।

यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ। एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्‍याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार