सरकारलाई महजोडीको प्रश्न : एक जिल्लाको मत पाएका व्यक्ति मन्त्रालय सम्हाल्न सक्षम ३ करोड नेपालीले रुचाएका कुलमान किन असक्षम ? 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
सरकारलाई महजोडीको प्रश्न : एक जिल्लाको मत पाएका व्यक्ति मन्त्रालय सम्हाल्न सक्षम ३ करोड नेपालीले रुचाएका कुलमान किन असक्षम ? 

काठमाडौँ ।  हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘महजोडी’ले नेपाल विद्युत प्राधिकरणको  कार्यकारी निर्देशकमा कुलमानलाई पुनः नियुक्ति नदिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत  स्टाटस लेख्दै कलाकार मदनकृष्ण श्रेष्ठले सरकारले कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति नदिएको जनताले जिन्दगीभर चित्त दुखाउने भन्दै  ध्यानाकर्षण गराएका थिए । 

उनले लेखेका थिए, ‘एक जिल्लाको मत प्राप्त गरेपछि सांसद, मन्त्री बन्दै एउटा सिङ्गो मन्त्रालय हाक्न योग्य हुने तर कुलमानसङ ३ करोड नेपालीको मत छ त्यसलाई ख्याल गरिनुपर्छ ।’

त्यस्तै कुलमानको सपोर्टमा निरन्तर बोलिरहेका कलाकार हरिवंश आचार्यले ‘यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ । ऊज्यालो ल्याउनेलाई सम्मान गरौ। उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।’ भनेर लेखेका थिए । 

कुलमानको कार्यकाल भदौ ३० गतेबाट सकिएको छ ।  कुलमानको पुनर्नियुक्तिको माग गर्दै कलाकारदेखि सर्वसाधारणले करिब एक महिनाअघिदेखि नै  दबाब  दिन सुरु गरेका थिए । 
 

 
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार