नेकपा कार्यकर्तालाई सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताविरुद्ध लेख्न बन्देज

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार  
नेकपा कार्यकर्तालाई सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताविरुद्ध लेख्न बन्देज

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामाजिक सञ्जालमा कडाइ गरेको छ ।

स्थायी समिती बैठकका निर्णयबारे जानकारी दिन सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशिकामा जारी निति, नेता तथा कार्यकर्ताको विरुद्ध लेख्न बन्देज लगाएको उल्लेख छ ।

अन्तरपार्टी निर्देशिकामा भनिएको छ ‘पार्टीभित्र अन्तरविरोध चर्किदै गएको बेला एक पक्षले सामाजिक सञ्जालमा  आलोचना गर्न थालेपछि नेकपाको  विवाद छताछुल्ल भएको थियो । 

पार्टीको निति, नेता र कार्यकताएका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टीको हितविपरित गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्ने जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ ।’ 
 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार