संगीता मगर प्रिति र धन दर्लामी मगरको संयुक्त दशै गीत ‘ए प्रदेशी सुन’ सार्वजनिक  (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ६, साेमबार  
संगीता मगर प्रिति र धन दर्लामी मगरको संयुक्त दशै गीत ‘ए प्रदेशी सुन’ सार्वजनिक  (भिडियो सहित)

काठमाडौँ । हिन्दुहरुको महान चाड विजया दशमी नजिकिएसँगै बजारमा दशै गीतको लहर नै लागेको छ । यसै क्रममा  संगीता मगर प्रिति र धन दर्लामी मगरको मेरो प्यारा ‘ए प्रदेशी सुन’ बोलको गीत सार्वजनिक भएको छ ।

चाडबाड आएसँगै प्रदेशमा  रहेका आफ्नो प्रदेशीलाई  घर आउन गुहार्दै गरेकी  प्रियसीको कथालाई समेटर तयार पारेको दशै गीत ‘ए प्रदेशी सुन’ गीतको सर्जक संगीता थापा मगर प्रिती र धन दर्लामी मगर रहेका छन् ।

उक्त गीतलाई सर्जक तथा संगीतकार समीर लुहारले संगीत भरेका छन्  भने कुलेन्द्र विश्वकर्मा र संगीता थापा मगर प्रितीले स्वर भरेकी छन् । प्रदेशमा रहेको आफ्नो जीवन संगीलाई  चाडवाडमा घर आउन आग्रह गर्दै गरेकी एक नारिको दुखलाई लिएर तयार पारिएको म्युजिक भिडियोमा धुव्र हिमाली र सारिका केसीले अभिनय गरेका छन् ।

एकिन्द्र सार शंखंरको निर्देशनमा तयार भएको उक्त गीतलाई करण चौसिरले छायांकन गरेका हुने । हिम सम्झौता डिजिटलबाट बजारमा आएको गीतलाई अमर शाक्यले  सम्पादन गरेका हुन् । कयौँ दशै गीतको भिडमा बजारमा आएको यो गीतले राम्रो प्रतिक्रिया पाएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर