जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा बन्ने पक्का

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार  
जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा बन्ने पक्का

एजेन्सी । जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ प्रधानमन्त्री बनाउने पक्का भएको छ ।  

सत्तारुढ पार्टीको नयाँ नेतामा चयन भएसँगै उनी प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे हालको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा छन् ।

उनी आबेका नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेतामा ५३४ मध्ये ३७७ प्रतिनिधिको मत पाएर विजयी भएका हुन्।

संसदमा एलडीपीको बहुमत रहेकाले आउँदो बुधबार सदनमा हुने मतदानबाट उनी प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार