बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्दै, यस्ता छन् छलफलका मुख्य एजेन्डा

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार  
बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्दै, यस्ता छन् छलफलका मुख्य एजेन्डा

काठमाडौँ । आज साँझ ५ बजे  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तोक्नेलगायतका निर्णय गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएको स्रोतले जनाएको छ ।

(हिजो) आइतबार देखि  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको  चार वर्षे कार्यकाल सकिएको छ ।  आज बस्ने मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नेछ ।

त्यस्तै नेकपा उपाध्यक्ष समेत रहेका बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पनि निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ । उपाध्यक्ष गौतमलार्य सांसद बनाएपछि मन्त्रीपरिषद् हेरफेर गरिने भएको छ । 
 
  
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार