प्रहरी प्रधान कार्यालयमा अख्तियारको छापा, महत्वपूर्ण कागजात  नियन्त्रणमा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ६, साेमबार  
प्रहरी प्रधान कार्यालयमा अख्तियारको छापा, महत्वपूर्ण कागजात  नियन्त्रणमा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयबाट पछिल्लो २ वर्षको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

लत्ताकपडा, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियारले प्रहरी प्रधान कार्यालयको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियारको विशेष टोलीले नेपाल प्रहरीको मुख्यालयस्थित प्रशासनिक विभाग अन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक , सवारी साधन लगायतका सामान खरिदको सक्कली कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदको आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरेपछि अख्तियारले आफै नियन्त्रण गरेको उच्च स्रोतले जानकारी दिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार