साढे चार करोड हिनामिना गरेको  आरोपमा बैंक अफ काठमाडौँका पूर्व सिइओसहित ११ पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ५, आइतबार  
साढे चार करोड हिनामिना गरेको  आरोपमा बैंक अफ काठमाडौँका पूर्व सिइओसहित ११ पक्राउ

काठमाडौँ । साढे चार करोड हिनामिना गरेको  आरोपमा बैंक अफ काठमाडौंका पूर्व सिइओसहित ११ जना पक्राउ परेका छन् ।

नक्कली कागज बनाएर बैंकको रकम हिनामिना गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठ र बैकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, शुष्मा शाह लगायत ११ जनालाई  पक्राउ गरेको हो ।

कमसल जग्गा धितोमा राखेर साँढे चार करोड रुपैयाँ बैँकबाट ऋण चलाएको आरोपमा ऋणी हेँटौडाका सुरेन्द्र श्रेष्ठ पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर