संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर  अगाडी बढ्न गृहमन्त्री थापाको निर्देशन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ५, आइतबार  
संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर  अगाडी बढ्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ । संसार बदल्ने युवा जनशक्ति भएकाले  युवालाई समावेश गरेर अगाडी बढ्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा  बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको  छ । हरेक राष्ट्रको निर्माणमा युवाको विशेष भूमिका रहेकाले युवा परिचालनमा राज्य सक्रिय भएर लाग्नुपर्ने  गृहमन्त्री थापाको भनाइ छ ।

ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने  बताएका छन् । वर्षेनी सडक दुर्घटनाकै कारण दुई हजार भन्दा बढी  मानिसको ज्यान जाने भएकाले यस्तो अभियानलाई १५ दिन मात्रै नभएर वर्ष भरि नै सक्रियताको साथ चलाउनु जरुरी रहेको बताए । 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर