सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २५, बिहीबार  
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने भएको छ ।

नेपाल डेन्टल एसोशियशन र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड बीच भएको सम्झौता अनुसार नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई बैंकका बिभिन्न बैंकिङ्ख सेवा लिन पाउनेछन् ।

यस कर्जा अन्तर्गत कर्जावालालाई एक लाख सम्मको कोभीड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गर्नेछ ।बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा.प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ । बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार