‘प्रेमगीत–३’ चलचित्रका निर्देशक छेतेन गुरुङको निधन

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २४, बुधबार  
 ‘प्रेमगीत–३’ चलचित्रका निर्देशक छेतेन गुरुङको निधन

काठमाडौँ । नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । राजधानीको महाराजगञ्जमा रहेको मेट्रो अस्पतालमा बुधबार बिहान २ बजे निधन भएको  लेखक तथा निर्माता सन्तोष सेनले जानकारी दिए ।

अचानक बिरामी भएपछि २ दिन अगाडि (सोमबार) लेखक ताथ निर्माता सेनले उनलाई अस्पताल भर्ना गरेका थिए । ४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए ।  सेनका अनुसार उनको कलेजोको नसा फुटेर मृत्यु भएको हो । उनको शवलाई अहिले स्वयम्भू पछाडि विजेश्वरीमा राखेर पुजा गरिँदै छ । 

निर्माता सेनले भोली (बिहीबार) ७ देखि ८ बजेसमम उनको अन्त्यष्टिको कार्यक्रम रहेको बताए । गुरुङले चलचित्र नोभेम्बर रेन, क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियो, प्रेमगीत–३ को कथा लेखन तथा निर्देशन समेत गरेका थिए । अहिले प्रेमगीत–३ प्रदर्शनको तयारीमा छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार