पुनम गुरुङ भइन् एनआरएन  युकेको पहिलो महिला अध्यक्ष  (मतपरिणम सहित) 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ५, आइतबार  
पुनम गुरुङ भइन् एनआरएन  युकेको पहिलो महिला अध्यक्ष  (मतपरिणम सहित) 

काठमाडौँ । गैरआवासीय नेपाली संघ (युके) को अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । विवादको कारण स्थितिगत  भएको मतगणना बिहीबारबाट सुरु भएको थियो ।

उनको प्रत्यासी उम्मेदवार शेरबहादुर सुनारलाई दुई सय मतान्तरले पछि पार्दै पुनमले विजयी हाँसिल गरेकी छन् । पुनमले ४५५१ मत ल्याए भने शेरले ४३४८ मत प्राप्त गरे ।

१३औं बुथको रुपमा पुनमको होमटाउन बेजिङस्टोकले उनलाई साथ दिएको थियो । बेजिङस्टोकको मत गणना भएपछि उनले दुई सय मतान्तरले विजय हासिल गरेको निर्वाचन समिति स्रोतले बताएको छ । 

त्यसैगरी, महासचिवमा पनि पुनमकै प्यानलमा रहेका फणिन्द्र भट्टराईले विजय हासिल गरेको छ । त्यस्तै अन्य पदमा पनि पुनमकै प्यानलका अधिकांशले जितेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी भए । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी भए । स्कटल्याण्डबाट उपाधयक्षमा मोहन कार्कीले जिते ।

महासचिवमा फडिन्द्रले ३९७५ मत ल्याएर विजयी भए । सचिवमा जित रानाभाट ३२०९ र काशलेश्वर ढकाल ३२१३ मतका साथ विजयी भए । महिला सचिवमा रन्जिता मल्लले ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्ष सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी भए ।

त्यसैगरी, युवा संयोजकमा नविन गुरुङ४३६८ र महिला संयोजकमा प्रसुना कँडेल ३३८५ मतसहित विजयी भएका छन् । सदस्यहरुमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कँडेल ३३९९, कोपिला बनेम ३२३०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा। सुनिलकुमार शाह, ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु, ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आलेमगर २६६६ मतका साथ विजयी भए ।

त्यस्तै, आइसीसी सदस्यहरुमा लिलादेवी गुरुङ, योगबहादुर फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सरोज मास्के निर्वाचित भएका छन् ।
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर