तेलगू कलाकार जय प्रकाश रेड्डीको हृदयघाटको कारण निधन

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २४, बुधबार  
तेलगू कलाकार जय प्रकाश रेड्डीको हृदयघाटको कारण निधन

एजेन्सी । भारतीय कलाकार जय प्रकाश रेड्डिको हृदयघातको कारण निधन भएको छ। ७३ वर्षका रेड्डिले आन्द्र प्रदेशमा रहेको आफ्नै घरमा मंगलबार निधन भएको  हो ।

जयप्रकाश रेड्डि तेलगू चलचित्रमा खलपात्र वा हाँस्य कलाकारको भूमिकामा देखिन्छन्। उनले सन् १९९८ मा चलचित्र ‘ब्रम्हा पुत्रुदु’ चलचित्रमा मुख्य कलाकारको रुपमा डेब्यू गरेका थिए। त्यसको केही वर्षमा उनी स्टार भएका थिए।

उनले सन् २००० मा बनेको चलचित्रमा अन्तिम पल्ट काम गरे। उनले अन्तिम पल्ट काम गरेको चलचित्रमा महेश बाबुले डेब्यू गरेका थिए । जय प्रकाश रेड्डिको निधनपछि धेरै कलाकार तथा नेताहरुले उनलाई श्रद्धाञ्जली दिएका छन्।

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार