images
images

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलमा भाउ, कुनमा कति मूल्य?

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएकाे छ ।

निगमका अनुुसार पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६९.५०, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको निमगले जनाएको छ ।