images
images

गगनले भने – शीर्ष नेताहरू राजनीतिबाट विश्राम लिनूहोस्, गणतन्त्रलाई कसैले केही गर्न सक्दै

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् यस्ताे आग्रह गरेका हुन्।

गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताहरूले निभाएकाे भूमिका महत्त्वपूर्ण रहेकाे भन्दै महामन्त्री थापाले अब उनीहरूले विश्राम लिनुपर्ने बताए।

शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए याे व्यवस्थालाई केही नहुने उनकाे भनाइ छ।

इतिहासले शीर्ष नेताहरूकाे याेगदान सधैं सम्झिने पनि उनले बताए।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा वर्तमान व्यवस्था जुटाउन सबै एकजुट हुने सहमति भएकाेप्रति लक्षित गर्दै महामन्त्री थापाले यस्ताे प्रतिक्रिया दिएका हुन्।