images
images

कांग्रेस भित्रको विचार समूहको द्धन्द्धले एकवर्ष देखि म आजित थिएँ: प्रचण्ड

काठमाडौं,३० फागुन । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले पुरानो सत्ता सारथी दल नेपाली कांग्रेसभित्र देखिएको विभिन्न विचार समूहको द्धन्द्धले आाफू आजित बनेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै प्रचण्डले पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउनुको कारणबारे जवाफ दिँदै आफू एक वर्षदेखि कांग्रेसभित्रको द्धन्द्धले आजित भएको बताएका छन् ।

उनले आफ्नो कारणले नेपाली कांग्रेसमा युद्धविराम भएको जिकिर गर्दै नेपाली कांग्रेसलाई एकीकृत गर्ने नयाँ संकल्पमा यो युद्धविरामलाई परिणत गर्न पनि सुझाव दिए ।